बिर्तामोड : छठ युवा फ्रण्ट बिर्तामोडको अध्यक्षमा अमरजित रौनियार निर्वाचित भएका छन् । यहि ७ गते सोमबार बिर्तामोडमा सम्पन्न युवा फ्रण्टको १३ औं साधारणसभा तथा चौंथो अधिवेशनबाट रौनियार अध्यक्षमा चुनिएका हुन् ।
त्यसैगरी युवा फ्रण्टको महासचिबमा संजय शाह , बरिष्ठ उपाध्यक्षमा अभिषेख श्र्राफ ,उपाध्यक्षमा क्रमश रजत शाह, दीपचन शाह, चन्दन सोनार, सचिबमा गणेश दाश, कोषाध्यक्षमा बिजय शाह सुडी, सह कोषाध्यक्षमा लक्ष्मण चौधरी, जनसम्पर्क अधिकारीमा अमरजीत शाह निर्वाचित भएका छन् ।
त्यस्तै समितिको बरिष्ठ सदस्यमा बब्लु शाह, आशीष सोनी, सदस्यहरुमा सूरज दाश, सूरज शर्मा, जगदीश शाह र सल्लाहाकारमा उज्जवल शाह निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुबेदी, समितिको पुर्व अध्यक्ष प्रेम चन्द्र चौधरी, देबेन्द्र सिंह, राजकुमार गुप्ता, बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष राजु न्यौपाने, कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्ष निरज ओली, छठ महिला मञ्चको संस्थापक अध्यक्ष हेमलत्ता चौधरी , बर्तमान अध्यक्ष निशा गुप्तालेलगायतले शुभकामना मनतब्य राखेका थिए ।
छठ युवा फ्रण्टको अध्यक्ष दिपक शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अभिषेक श्र्राफले स्वागत तथा सञ्चालन उज्जवल शाहले गरेका थिए ।
छठ समाज सेवा समितिका मनोज रौनिंयार, संगिता रौनियार, शत्रुघन रौंनियार, राजकुमार शाह, रामनारायण चौधरी, इन्द्रजित चौधरी लगायतको उपस्थिति रहेको थियो ।