बिर्तामोड M झापाको बिर्तामोडमा ‘बिर्तामोड डेपलपमेन्ट समिट’ कार्यक्रम गरिएको छ ।
मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधबार बिर्तामोड समिट कार्यक्रम सम्पन्न भएको हो ।
समिटमा बिर्तामोड नगरको पहिचान, शक्ति र सामाथ्र्यका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईंले नगरको विकासमा बजेटको मुख्य भूमिका हुने बताउँदै बजेटको पूर्ण सदुपयोग गरेर काम गरिरहेको बताइन ।
आन्तरिक आम्दानी र प्राप्त बजेटबाटै विकास लगायतका कार्य हुने बताउँदै एक पैसा पनि दुरुपयोग नभएको उनको भनाई थियो ।
त्यस्तै, प्रमुख वक्ता मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कुरा कम काम बढी गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए ।
बिर्तामोडलाई कुनै एक विषयमा अब्बल बनाएर लैजानुपर्ने मा गुरुङको जोड थियो ।
स्वास्थ्य, शिक्षा, पर्यटन, नमूना नगर वा कुनै एक विषयमा नगरलाई अब्बल बनाएर बिर्तामोड आउनुपर्ने कारण बनाउन सुझाव दिए ।
कार्यक्रममा प्यानल डिस्कसन गर्दै नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाले नगरको समग्र गतिविधिका बारेमा जानकारी गराएका थिए ।
स्वस्थ्य नागरिक बनाउन योग, अग्र्यानिक तरकारी, मासु–माछामा आत्मनिर्भर, किसानलाई अनुदान लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेख्य प्रगति संग्रौलाले जानकारी दिए ।
कार्यक्रममा नगरको शिक्षा, स्वास्थ्य, उद्योग–व्यवसाय, सहकारी लगायत नगरको विविध विषयका बारेमा प्यानल डिस्कशन भएको कार्यक्रममा प्यालनलिस्ट जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले समग्र मुलुकको सहकारी अभियानका बारेमा जानकारी दिनुका साथै नगरको सहकारीको अवस्थाका बारेमा स्पष्ट पारेका थिए ।
अर्का प्यानलिस्ट बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले आर्थिक संकटका कारण बिर्तामोड क्षेत्रको उद्योग–व्यवसाय खस्कँदै गएकोमा चिन्ता व्यक्त गरे ।
सरकारको तीन खम्बे अर्थनीतिको रुपमा रहेको नीजि क्षेत्र सधैं उपेक्षा परेको उहाँको भनाइ थियो ।
नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले नगरको शिक्षा क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यस्तै, नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले नगरको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी दिए ।
बिर्तामोड नगरपालिका योजना शाखा प्रमुख एवम् मोडरेटर विजय तिम्सिनाले प्यानल डिस्कशनमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई सम्बन्धित प्रश्न सोध्नु भएको कार्यक्रमको सञ्चालन एवम् संयोजन मिडिया रिसर्च सेन्टरका सञ्चालक तीर्थ सिग्देलले गरेका थिए ।