बिर्तामोड :   बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बालअधिकार सम्वन्धी २ दिने तालिम आजदेखि सुरु भएको छ । 

वडा कार्यालयको हलमा आयोजित तालिममा आदर्श वाल क्लब र वडाका ३६ वटा टोल विकास संस्थाबाट ४५ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले तालिम प्रभावकारी रहेकोले राम्रोसंग लिन  बालबालिकालाई आग्रह गरे । उनले पछिल्लो समय समाजमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि बालबालिकाहरुले पनि ध्यान दिन आग्रह गरे । तालिममा बालअधिकार, बाल क्लव सञ्चालन र बालमैत्री स्थानीय शासन व्यवस्था लगायतका विषयमा प्रशिक्षण गराईने बालबालिका तथा शिक्षा सञ्चारमञ्च जिल्ला संयोजक सरोज पौडेलले जानकारी दिए ।  

तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य इन्द्रचन्द्र आङवुहाङ, टेकबहादुर अधिकारी, पुर्व जनप्रतिनिधि प्रेमकुमार खरेल, बालक्लव अध्यक्ष अनुकुल निरौला वडासचिव टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।