झापा
बिश्व बाताबरण दिवसको अवसरमा न्यूटन्स टुरिजम क्लबले बृक्षा रोपण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । बिर्तामोड ५ मा सञ्चालित न्युटनस् एजुकेशन एकाडेमीमा रहेको न्युटनस् टुरिजम क्लबले बिर्तामोड २ चारपाने स्थित वीर अमरसिंह प्राबिधिक माध्यमिक बिद्यालय परिसरमा बृक्षा रोपण गरेको हो ।
बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा न्युटनस् एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गरेका थिए । बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले धन्यवाद ब्यक्त गरेको कार्यक्रममा कार्य पालिका सदस्य सर्मिला राजबंशी ,शिक्षक हेमकुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
आयोजक न्युटनस् सहित निदि माध्यमिक बिद्यालय र वीर अमरसिंह बाल क्लबका बालबालिकाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीले बाताबरणको संरक्षण र सुरक्षाका बिषयमा संम्बेदनशिल हुन आग्रह गर्दै आ–आफ्नै बिचार राखेका थिए । क्लबका संयोजक पबित्रा पौडेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन अन्श न्यौपानेले गरेका थिए ।
विद्यार्थीले बाताबरण संरक्षणमा एकजुट हुन र संरक्षण गर्न आग्रह गर्दै बिर्तामोडको मुक्ती चोकको परिक्रमा समेत गरेका थिए ।
सोही अवसरमा विद्यार्थीले स्थानीय वडा कार्यलयको अवलोकन भ्रमण समेत गरेका थिए । वडाध्यक्ष पौडेल सहित वडा सचीव हिमा पोख्रेल ,कार्यपालिका सदस्य सर्मिला राजबंशी ,तिला गौतम र वडा सदस्य ओम गौतमको सहभागिता रहेको थियो । वडाध्यक्ष पौडेलले वडा कार्यालयको काम ,कर्तव्य र अधिकारको बारेमा जानकारी गराएका थिए ।