बिर्तामोड ।  

क्षितिज नाट्य समूहको आयोजना र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक अनुदानमा झापामा नाट्य कला सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ ।

बिर्तामोड १ स्थित निर्माणाधीन झापा नाटक घरमा आजबाट सात दिवसीय कला गोष्ठी सुरु भएको हो । गोष्ठी  जेठ ३२ गते सम्म सञ्चालन हुनेछ ।  कार्यशालामा २४ बढी कलाकारहरू सहभागि छन् ।   

क्षितिज नाट्य समूह अन्तरगत विभागीय समिति, नाट्य विभागले कार्यशालाको सहजीकरण गर्ने भएको छ ।  नाट्य विभाग प्रमुख गजेन्द्र खतिवडा (पृथक), क्षितिज नाट्य समूहका केन्द्रिय अध्यक्ष माधव खतिवडा (कल्पित) लगायतले सहजीकरण गर्ने बताइएको छ ।

गोष्ठीको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्रप्रसाद सङ्ग्रौलाले गरेका छन् । 

क्षितिज नाट्य समूहका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा झापा नाटकघरका संरक्षक राजकुमार पोखरेल, प्रेमकुमार खरेल र प्रमुख अतिथि सङ्ग्रौलाले झापा नाटक घर निर्माणकार्यले अन्तिम रूप लिन लागेको र झापाको बिर्तामोडमा व्यवसायिक रुपमा नाटक मञ्चन गरेर कलाकारहरूले आफ्नो प्रतिभा देखाउदै स्वरोजगार बन्न सक्ने आधार झापा नाटक घर बन्ने भएकाले नाटक घरलाई निर्माणकार्य पूर्णता गराउन सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त महोत्सवमा विभिन्न देश र भाषाका २८ वटा नाटक मञ्चन गरिने छ ।  कार्यक्रममा स्वागत साहित्य विभाग प्रमुख दुर्गा सिग्देलले स्वागत गरेका थिए ।