झापाको मेचीनगर नगरपालिका ७ स्थित आयाबारीमा सञ्चालित माई वल्र्ड रिकन्डिसन सर्भिस सेन्टर दोस्रो बर्षमा प्रबेश गरेको छ । 

सर्भिस सेन्टरले आज विविध कार्यक्रम गरी प्रथम बार्षिकोत्सव सम्पन्न गरेको छ । सेन्टरले बार्षिकोत्सवसँगै दुई र तीन पाङ्गे बिद्युतीय सवारी साधानको समेत बिक्री सुरु गरेको छ । उक्त साधनको एक कार्यक्रमकाबिच प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले उद्धघाटन गरेका थिए ।   

सर्भिस सेन्टरका कार्यकारी ब्यवस्थापक ओमप्रकाश खापुङको अध्यक्षतामा भएको कार्यक्रममा  एभरेष्ट अटो प्रालिका मेनेजिङ डाइरेक्टर मिलन लिम्बुले स्वागत गरेका थिए । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, कोशी प्रदेश निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नाटाका कोशी प्रदेश अध्यक्ष उदय श्रेष्ठ, नेकपा माओवादी मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस झापा उप–सभापति केशवराज पाण्डे, यातायात ब्यवसायीका तर्फबाट डिल्लीराम घिमिरे लगायतले शुभकामना  मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका लिम्बु फियाकले गरेकी थिइन् । 

सर्भिस सेन्टरमा सवारी साधन मर्मत, पुराना सवारी साधन खरिद बिक्री, सम्पूर्ण सवारी साधनका मोटर पार्टस बिक्री, गाडी रिजर्वको ब्यवस्था, सवारी साधन धुलाई तथा सरसफाई, बिद्युतीय सवारी साधन बिक्रीलगायतका सेवा रहेको कार्यकारी ब्यवस्थापक खापुङले जानकारी दिए ।