झापा :  झापामा फस्ट स्टेप फिटनेशनको आयोजनामा मिस्टर झापा बडी बिल्डिङ प्रतियोगिता  हुने भएको छ । १७ वर्षपछि आगामी असोज १९ गते मिस्टर झापा गर्न लागिएको  आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । 

आयोजक समितिका अध्यक्ष सुवास मेचेले झापामा रहेका शारीरिक सुगठनका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । 

१७ वर्ष पहिला आफुले ट्रफी उचालेयता मिस्टर झापा हुन नसकेको बताउंदै मेचेले जिल्लामा रहेका खेलाडीलाई केही मात्रामा  प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागिएको जानकारी दिए । 

विभिन्न पाँच वटा तौल समूहमा हुने प्रतिस्पर्धाबाट मिस्टर झापा छनोट गरिने छ । प्रतियोगितामा प्रथमलाई मिस्टर झापाको उपाधिसहित एक लाख ५१ हजार दोस्रो हुनेलाई एक लाख एक हजार पुरस्कार प्रदान गरिनेछ । बेस्ट पोजर, बेस्ट मस्कुलर लगायतका विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने आयोजकको अनुमान छ । आयोजक समितिका सचिव माधव झाले  सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीमा राई, सहसचिव डिल्लू दाहाल, संस्थापक अध्यक्ष धनञ्जय यादव, सञ्जय चौधरी देवराज परियार लगायतको उपस्थिति रहेको थियो ।