झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको सदस्य सङ्ख्या बृद्धि भएको छ ।  संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित सार्वजनिक गरिएको बित्तिय विवरण अनुसार संस्थाको २०८१ जेठ महिना सम्म आइपुग्दा  शेयर सदस्य १ लाख ७२ हजार १९२ जना पुगेको उल्लेख छ । 

त्यस्तै, संस्थाको सेयर पुँजी १ अर्ब ६७ करोड ९२ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब ५७ करोड १६ लाख, लगानी १० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख (७.७४ प्रतिशत) र विभिन्न कोषमा ५२ करोड ४० लाख रहेको छ । संस्थासँग ३३.६२ प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३० जनाले कर्जा लिएका छन् ।

नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापा बिर्तामोडको सहारा नेपाल साकोस नेपालको सबैभन्दा ठुलो सहकारी संस्था हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ ।

२०८१ जेठ मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण १० महिनायता शून्य छ । संस्थाले २०८० भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीको भनाई छ ।