बिर्तामोड

सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ ।

नगर शिक्षा शाखाको आयोजनामा महेन्द्ररत्न माध्यमिक विद्यालयमा बृहत बौद्धिक प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कक्षा–६ देखि ८ मा अध्ययनरत विद्यार्थीहरूले मादल बजाउने, कक्षा–४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि गायन, कक्षा–४ र ५ का लागि दुना टपरी बनाउने प्रतियोगिता, कक्षा–१, २, ३ का लागि चित्रकला प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आकस्मिक वकृत्वकला प्रतियोगिता सञ्चालन सञ्चालन गरिएको हो ।

प्रतियोगितामा चित्रकलातर्फ सेन्ट जेभियर्स माविका रिक्सन शेर्पा प्रथम, नवोदय फनमिन स्कुलका सक्षम कार्की द्वितीय, गोमेन्द्र बिर्तामोडल स्कुलका युनिका राजवंशी तृतीय र न्युटन्स एजुकेसन एकेडेमीकी अरविन पौडेल र कञ्चनजंघा बोर्डिङका रिहाना श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

गायनतर्फ न्युटन्स एजुकेसनका स्माइल बजगाईं प्रथम, सुनगाभा बोर्डिङका पुजन बुढा क्षेत्री द्वितीय, कञ्चन बोर्डिङका रोजी शेख तृतीय र बुद्ध स्मृति बोर्डिङका प्रसुन गुरागाईं र मनमाया माविका रोहिका तिम्सिनाले सान्त्वना पुरस्कार प्राप्त गरे ।

मादल बजाउनेतर्फ न्युटन्सका संस्कार सापकोटा प्रथम, एमिटी बोर्डिङका अचेतन भट्टराई द्वितीय, वाल्मीकी एजुकेसन फाउन्डेसनका हृदयराज खनाल तृतीय र ग्लोरी बोर्डिङका मौसम तिम्सिना र देवी माविका सञ्जय प्याकुरेलले सान्त्वना पुरस्कार जितेका छन् ।

दुना टपरी बनाउने प्रतियोगितामा मोहनमाया माविका सोनिया लिम्बू प्रथम, महेन्द्ररत्न माविकी खुश्बु शर्मा द्वितीय, दुर्गा माविका प्रनिस पाठक तृतीय र ग्रिन फिल्ड वर्ल्ड स्कुलकी आहना प्रधान र रुद्र मेमोरियल स्कुलका अनिषा भट्टराई सान्त्वना भए ।

माध्यमिक तहतर्फ सञ्चालित आकस्मिक वक्तृत्वकलामा वाल्मीकि एजुकेसनका हृदयप्रसाद शिवाकोटी प्रथम, निधि माविका श्रेयम शिवाकोटी द्वितीय, महेन्द्ररत्न माविकी प्रस्तुति भट्टराई तृतीय र मोहनमाया माविकी आयुश्री मिश्र र टावर टेम्पल स्कुलकी सोनाक्षी राई सान्त्वना भए ।

शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विजयी प्रतियोगीहरूलाई कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईं, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल, सचिव उमनाथ भण्डारी, दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी, सरस्वती माविका प्रधानाध्यापक दिपक लुइँटेल, महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्ग प्रसाद खरेल लगायतले नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको सञ्चालन शिक्षक लीलाप्रसाद भण्डारी, धर्मेन्द्र भट्टराई र देवेन्द्र हुमागाईं लगायतले गरेका थिए ।