काठमाण्डौ – युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे डर्टमन्डमा समूह ‘डी’ का फ्रान्स र पोल्यान्ड खेल्दैछन् । फ्रान्स २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । फ्रान्स अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । पोल्यान्ड यसअघिका दुई वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १० बजे नै बर्लिनमा यही समूहको नेदरल्यान्ड्स र अस्ट्रिया खेल्दैछन् । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । अस्ट्रिया २ खेलमा ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यस्तै राति पौने १ बजे म्युनिखमा समूह ‘सी’ का डेनमार्क र सर्बिया खेल्दैछन् । डेनमार्क २ खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । डेनमार्क अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । सर्बिया २ खेलमा १ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १ बजे नै कलोनमा यही समूहका इङ्गल्यान्ड र स्लोभेनिया खेल्दैछन् । इङ्गल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्लोभेनिया २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यसअघि स्पेन, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड र इटाली अन्तिम १६ मा पुगिसकेका छन् । अब ११ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ । ujyaloonline.com