झापा :  झापाको झापा गाउँपालिकामा हम्मर प्रहारबाट एक महिलाको मत्यु भएको छ । आफ्नै पतिको हम्मर प्रहारबाट झापा गाउँपालिका–३ कामाटोली बजारकी २४ वर्षीया अनिषाकुमारी गणेशको मृत्यु भएको हो ।

आज बेलुका ४ः३५ बजे अनिषाकुमारीलाई उनका पति ३२ वर्षीय सतिषकुमार गणेशले टाउकोमा हम्मर प्रहार गरेका थिए । सतिषकुमारको हम्मर प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

हम्मर प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाको जानाकरी पाएपश्चात प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा महिलाको मृत्यू भइसकेको थियो भने घटनास्थलमा हम्मर फेला परेको छ । पत्नीलाई हम्मर प्रहार गरेपछि सतिषकुमार फरार भएका छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको छ ।