बिर्तामोड । 

नेपाली युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ) झापाको अध्यक्षमा डा. रुपेशजंग बेलबासे निर्वाचित भएका छन् । होटल मेची क्राउनमा भएको पहिलो साधारणसभाबाट अध्यक्षमा डा. बेलबासे सर्वसम्मत चयन भएका हुन् । 

त्यस्तै साधारणसभाबाट  मञ्चको प्रथम उपाध्यक्षमा गणेश पौडेल, द्वितिय उपाध्यक्षमा मिजास पोखरेल, सचिवमा ई. अजित ढुङ्गाना र कोषाध्यक्षमा सुरज चौधरीलाई चयन गरेको हो । यस्तै, कार्यकारी सदस्यहरुमा आयुष बजगाई, उत्सव उप्रेती, निरज चौधरी, जस्मिन श्रेष्ठ, विशाल विमली, विकास अग्रवाल, मनिष साहेवाला रहेका छन् ।

WhatsApp Image 2024-07-10 at 09.01.26 (1)

समितिको आमन्त्रित सदस्यहरुमा बरदान बस्नेत र डा.आशिष शर्मा चयन भएका  छन् । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले नेपालमा रोजगारी सिर्जना गर्न नेपाली युवा उद्यमी मञ्चले गरिरहेको योगदानको प्रशंसा गर्दै युवालाई नीजि क्षेत्रले रोजगारी प्रदान गरेको उल्ल्ेख गरे । कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायीहरुको आतिथ्यता रहेको थियो । 

यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बढ्दो बेरोजगारको समस्याले गरिवीको कारण  निम्तीने संकटलाई नीजि क्षेत्रमा युवाले पु¥याएको योगदान तथा  उद्योग व्यापार क्षेत्रको भूमिकाले केहि सहज भएको चर्चा गरे । 

युवा उद्यमी मञ्चका प्रथम अध्यक्ष प्रभेस बस्नेतले पहिलो कार्यकालमा सबै संग सहकार्य र समन्वय गर्दै अगाडि बढिएको बताउंदै कार्यकाल  सफल बनाउन सहयोग गर्ने आफ्नो टिम सहित अन्यलाई  धन्यवाद ज्ञापन गरेका छन् । 

पहिलो कार्यकाल सिकाईको वर्ष भए उल्लेख गर्दै बस्नेतले  मञ्चको पहिलो वर्ष सुखद र उपलब्धीमुलक रहेको बताए ।  

युवा उद्यमी मञ्चका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले संस्था स्थापनादेखि हालसम्मको अवस्थाको बारेमा सहभागिलाई अबगत  गराएका थिए । सोही साधारणसभाका बिच बिर्तामोडका सफल युवा उद्यमी  गणपति वेकरका सञ्चालक राजु ढकाललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा युवा उद्यमी मञ्च नेपालका अध्यक्ष रितेश लामिछाने , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी सुस्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी , उद्योगी , व्यवसायी सहित जिल्लाका सुरक्षा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।