सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले आफ्नो मृतक सदस्यको परिवारलाई आर्थिक तथा खाद्ययन्न सहयोग गरेको छ ।  एसोसिएशनका सदस्य तथा बिर्तामोड नगरपालिकामा कार्यरत सवारी चालक राजुमान लिम्बुको परिवारलाई आज सहयोग उपलब्ध गराइएको हो ।

एसोसिएशनले आज उनको घरमै पुगेर समवेदना प्रकट गर्नुका साथै नगद ७० हजार र दाल, चामल, तेल लगायतको खाद्ययन्न उपलब्ध गराएको सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाका महासचिव खेमराज नेपालले जानकारी दिए ।

२०२९ सालमा जन्मिएका एसोसिएशनका सदस्य रहेका राजुमानको गत असार २१ गते उपचारको क्रममा निधन भएको थियो । बिर्तामोड ५ स्थित जात्रुबाडीमा स्थायी रुपमा बसोबास गर्दै आएको लिम्बुको श्रीमतीलाई घरमै पुगेर सहयोग गरिएको  एसोसिएशनका अध्यक्ष झट्टबहादुर खड्काले जानकारी दिए ।

जिल्लाका बिभिन्न स्थानीयतहले उपलब्ध गराएको उक्त रकम सहयोग गरिएको हो । मृतक लिम्बुको श्रीमती रिना लाविती (मगर) र छोरा छोरी रहेका छन् । सहयोगी मिलनसार लिम्बुको निधनले एसोसिएशनलाई ठुलो क्षति भएको महासचिव नेपालको भनाई छ ।