बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी निर्मल भट्टराईलाई विशिष्ट सदस्यमा मनोनित गरेको छ । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईलाई संघले बिहीबार विशिष्ट सदस्यमा मनोनित गरेको हो ।

निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई संघको विधान २०७३ को परिच्छेद ३ को दफा ६।१ को उपदफा “घ” अनुसार संघको विशिष्ट सदस्य पदमा मनोनित गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले उद्योगी व्यवसायीको हकहित, संरक्षण र प्राप्तिमा भट्टराईको कार्यकाल फलदायी रहने विश्वास पनि व्यक्त गरेको छ ।