बिर्तामोड : राष्ट्रिय युवा सङ्घ झापा जिल्ला कमिटीले शनिबार झापाको बिर्तामोड ७ स्थित निचा झोडा सामुदायिक वन परिसरमा वृक्षारोपण गरेको छ । युवा सङ्घले आज शनिबार  वृक्षारोपण कार्यक्रम गरेको हो ।

सामुदायिक वन परिसरमा रहेको सहिद नेत्र पार्कमा युवा सङ्घका नेता कार्यकर्ताले वृक्षारोपण गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य हरिबहादुर राजवंशीको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत युवा सङ्घका नेता कार्यकर्ताले बिरुवा रोपण गरेका हुन् ।

FB_IMG_1722071599205

एक महिने वृक्षारोपण अभियान अन्तर्गत बिर्तामोडको पर्यटकीयस्थल नेत्रपार्कमा विभिन्न जातका २०० भन्दाबढी बिरुवा रोपिएको युवा सङ्घका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज राज आङदम्वेले बताए ।


FB_IMG_1722071606451

नेत्र पार्कमा आँप, लिची, कटहर, अम्बक लगायतका विभिन्न जातका बिरुवा रोपिएका छन् । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ भन्ने नारासहित युवा सङ्घले एक युवा पाँच बिरुवा अभियान सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा बिरुवा रोपिएका हुन् ।