राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरेको छ । 

युवा संघले अघि सारेको ुएक युवा, पाँच बिरुवाु अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमकी प्रमुख अतिथि संघको स्थायी कमिटी सदस्य तथा संगठन विभाग सचिव रोजिना पाण्डेले जानकारी दिईन । उनले यो महिनाको हरेक शनिबार बृक्षारोपण गरिने जानकारी दिईन 

FB_IMG_1722072619555

। विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण भएको हो ।

पर्यावरण सन्तुलन कायम राख्न, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको पाण्डेको भनाई छ ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य भोला परियार, धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका कार्यपालिका सदस्य कौशिलाल परियार, वडा नम्बर ७ का वडाअध्यक्ष गोविन्द खतिवडा, सदस्य हरि कटवाल लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ वडा नम्बर ७ का अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा आयोजित सरसफाई तथा बृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहभागिता जनाएका थियो।