बिर्तामोड ५ स्थित मःम फ्याक्ट्रीका सञ्चालक तथा सञ्चारकर्मी टीकाराम नेतिले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नी श्रीमतीको नाममा रहेको खाताबाट १ करोड १७ लाख रुपैयाँ गायब गरिएको बताएका छन् । 

पत्रकार नेतिले आफ्नी श्रीमती मन्जु कुमारी नेपालको खाता नम्बर ०१२०२२७२६०७०००१२ मा पटक–पटक फरक–फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेको बताउँदै अहिले खातामा २ लाखमात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका। 

बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी निवासी प्रमोद सिटौलाले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको नेतिको भनाइ छ । अहिले सम्पर्क बाहिर रहेका सिटौलाले आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको नेतिले बताए ।  उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको नेतिले जानकारी दिए । 

bank , jhapa

त्यसबारे बैंकका प्रबन्धक गणेशबहादुर बरालसँग बुझ्दा नेतीले ब्यक्तिगत उजुरी हालेको बताउँदै बैंकले पनि केन्द्रमा छानबिन समिति बनाएको जानकारी दिएका छन् ।