द ब्युटी वल्र्ड मेकअप एण्ड पार्लर टे«निङ सर्भिस सेन्टर विर्तामोड झापाले  आफ्नो तेस्रो वार्षिकोत्सब विविध कार्यक्रम गरि मनाएको छ । 

शुक्रबार बिर्तामोड स्थित भद्रपुररोडमा आफ्नै सभाहलमा एक संक्षिप्त कार्यक्रमकाबिच द ब्युटी वल्डले बार्षिकोत्सव मनाएको हो ।  शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिला नेतृ पुष्पाञ्जलि ठकुरी सिन्हाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ब्युटिसियन तथा मेकअप आर्टिस्टको तालिम लिइरहेका विद्यार्थीहरूलाई तालिम पश्चात एक सफल उद्यमी बन्न आग्रह गरिन । 

२ सय विद्यार्थी उपस्थित सो कार्यक्रममा ब्युटिसियन, मेकअप आर्टिस्ट, नेल तथा मेहेन्दी आर्टिस्ट, कर्मचारीहरू तथा विद्यार्थीहरूले आफ्नो तर्फबाट अनुभव साटासाट तथा भनाई राखेका थिए ।  

वार्षिकोत्सव कार्यक्रमको सहजीकरण ब्युटिसियन गिता गिरीले गरेकी थिइन । कार्यक्रमको सञ्चालन द ब्युटी वल्डका सञ्चालक वत्सल भट्टराईले गरेका थिए ।

कार्यक्रममा वल्डका सञ्चालकद्धय भट्टराई तथा भगवान बस्नेतले समेत आ–आफ्नो धारणा राखेका थिए ।  

३ वर्ष अघि स्थापना भएको द ब्युटि वल्डले आफ्नो ट्रेनिङ सेन्टरहरू सातवटै प्रदेशमा खोलेर तालिम संगै सयौंलाई रोजगारी समेत दिंदै आएको छ । 

कार्यक्रममा ब्युटिसियन तथा कर्मचारी सुस्मिता अधिकारी, सपना पौडेल तथा रेपिका बस्नेतले विद्यार्थी माझ नृत्य समेत प्रस्तुत गरेका थिए ।