इलाम  : एसईइ पछि अगामी शैक्षिक विकासकालागी विद्यार्थीलाई  बिर्तामोड स्टडी पार्क इलाम शाखाले अभिमुखिकरण प्रदान गरेको  छ । 

एसईइ पश्चात प्लस टु पढ्नु पर्ने र अहिलेको परिर्वतित समाज तथा आधुनीक समाजमा कस्ता र कुन बिषयहरु अध्ययन गर्ने  तथा ननग्रेड प्राप्त विद्यार्थीलाई आत्मविश्वास दिलाउन उक्त एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको बिर्तामोड स्टडी पार्कका सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

झापा स्थित निदि कलेजका प्रिन्सिपल तथा इन्द्रेणी क्यामपस प्रमुख रञ्जित शाह र आर्दश स्कुल अफ मेनेजमेन्ट बिर्तामोडका डाइरेक्टर सञ्जोग खरेलले विद्यार्थीले भावि अध्ययन सम्भावनायुक्त बिषय चयन गरी अगामी शैक्षिक सत्रमा बिज्ञान, होटल व्यवस्थापन लगायतका बिषय अध्ययन गरीनु पर्ने सुझाब दिएका थिए । 

20240802_152512

उनीहरुले उच्च शिक्षा किन आवश्यक छ , प्लस टु मा कुन बिषय लिएर पढ्ने भन्ने बारेमा विद्यार्थीलाई सहजिकरण गरेका थिए । 

उनीहरुले ननग्रेड विद्यार्थीलाई नआतीन आग्रह गरे । उनीहरुले शिक्षा ज्ञानको ज्योति भएकाले यसलाई फैलाउन सकेमा विकास र समृद्धिको ढोका खुल्ने भएकाले अहिलेका पुस्ताले ज्ञानको विस्तार र अवसरको उपयोगका लागि हरदम प्रयास गर्नुपर्नेमा जोड दिए । विद्यार्थीले पनि उनीहरु समक्ष  आ–आफ्ना जिज्ञाशा राखेका थिए । 

8989 pic

इलाम शाखाले एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि निशुल्क कक्षा समेत सञ्चालन गरेको थियो । विद्यार्थीको शैक्षिक प्रगति र बालबालिकाको शिक्षाको क्षेत्रलाई मध्यनजर गर्दै स्टडी पार्कले कक्षा सञ्चालन गरेको इलाम शाखा प्रमुख दिलिप पौडेलले बताए । 

कार्यक्रममा आर्दश स्कुल अफ मेनेजमेन्ट बिर्तामोडका बजार व्यवस्थापक दिपक दास, पार्कका सञ्चालक तथा बालबालिका शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेलले लगायतको आतिथ्य रहेको थियो ।