झापा, 

नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् ।  झापाको बिर्तामोडमा शनिबार सम्पन्न प्रदेश स्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । 

उनी बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृतका रुपमा कार्यरत छन् । समितिको उपाध्यक्षमा सञ्जु अर्याल ९बिर्तामोड आँखा अस्पताल ० सचिवमा अञ्जनीकुमार सिंह ९ बिराटनगर आँखा अस्पताल ०,सह सचिवमा होमप्रसाद धिताल ९ मेची आँखा अस्पताल ०,कोषाध्यक्षमा निरज दाहाल ९ मेची आँखा अस्पताल ० , सह कोषाध्यक्षमा ज्योत्सना महत्तो ९बिराटनगर आँखा अस्पताल० रहेका छन् ।

सदस्यहरुमा दपर्ण सिग्देल - दानावारी आँखा अस्पताल०, करिष्मा नेम्वाङ्ग ९दृष्टि आँखा अस्पताल०प्रज्जवल भट्टराई ९काँकरभिट्टा आँखा अस्पताल०पुष्कर झा -फिक्कल आँखा अस्पतालं०, ओमेश्वर साह ९रामलाल गोल्छा आँखा अस्पताल०, सुरेश झा ९बिराटनगर आँखा अस्पताल० र सविना अर्याल ९ बिराटनगर आँखा अस्पताल ० रहेका छन् ।

उनीहरुलाई निर्वाचन समिति संयोजक निलम पौडेल, सदस्यद्वय तुलसी दाहाल र भरत सापकोटाले पद तथा गोपनियताको सपथ गराएका थिए ।

panash

कोशी प्रदेशका २१ वटा आँखा अस्पतालका १ सय ५० जना भन्दा धेरै नेत्र सहायकहरु  कार्यक्रममा सहभागी थिए । नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष रमेश घिमिरेको प्रमुख आतिथ्य तथा आयोजक समिति संयोजक तुलसीप्रसाद दाहाल _विनोदको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत ठूमनलाल राजवंशीले स्वागत गरेको कार्यक्रममा मेची आँखा अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरियाले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा डा.शेषकान्त अर्याल, डा. पुरुषोतम जोशी,डा.राजेश प्रधान,विमल पौडेल, रमेश घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।