बिर्तामोड ः झापाको बिर्तामोड २ स्थित रामचोकमा रहेको निदि मा.वि.ले कक्षा १२ को नतिजामा यस वर्ष जिल्ला टप गर्न सफल भएको छ ।
शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा निदीले ८५ प्रतिशत नतिजा निकालेको हो । साइन्स र म्यानेजमेन्टमा नीदिले ए प्लसमा ३५, ए मा २१२, बि प्लसमा १६७, बि मा २६ र सि प्लसमा १ जना गरि कुल ४४१ जना विद्यार्थी उत्तिर्ण गराउन सफल भएको विद्यालयका प्रिन्सिपल रञ्जीत शाहले जनाकारी दिए । कुल निदिबाट ५१५ जनाले परिक्षा दिएका थिए । ७४ जना विद्यार्थीले ननग्रेड ल्याएका छन् ।
विज्ञान संकायकी स्नेहा पौडेलले ३.८६ र कुशल मिश्रले म्यानेजमेन्टबाट ३.८२ जिपिए ल्याउन सफल भएको प्रिन्सिपल शाहले जानकारी दिए ।
यो नतिजा जिल्लाभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । आज सोमबार विद्यालयले उत्कृष्ट सहित सफल नतिजा निकाल्न सफल विद्यार्थीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । विद्यालयका प्रिन्सिपल शाहले उनीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सरोज घिमिरेले गरेका थिए ।
वि.स. २०७० सालबाट एक सय विद्यार्थीबाट प्लस टु अध्यापन गराउन सुरु गरेको विद्यालयमा हाल साइन्स र म्यानेजमेन्टमा गरी ११ सय विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल शाहको भनाई छ । विद्यालयले ब्याचलर समेत अध्यापन गराउंदै आएको छ । बिबिएस बिषयमा प्रथम ब्याचदेखि चौंथो ब्याच सम्म ३५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्कुलमा भने कुल ८५० विद्यार्थी तथा १ सय बढी कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।