बिर्तामोड : बिर्तामोड स्थित न्युट्न्स एजुकेशन एकेडेमीका छात्र दिपक भट्टराईले कक्षा १२ को परिक्षामा ३.९२ जिपीए ल्याएका छन् । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा साइन्स बिषयमा भट्टराईले जिल्लामै सबै भन्दा बढी उत्कृष्ट जिपीए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । उनी कक्षा ११ मा जिल्ला टप भएका थिए ।
उनलाई हिसान झापाले पनि सम्मान गरेको थियो । उनी पढाईमा तेज भएकै कारण विद्यालयले छात्रबृत्ति प्रदान गर्दै आएको प्रिन्सिपल हुमागांईले बताए । विद्यालयले यस पटक कक्षा १२ को परिक्षामा ९६ प्रतिशत रिजल्ट निकालेको हो । यस पटक न्युट्न्सबाट ६९ जनाले परिक्षा दिएका थिए । साइन्सबाट प्रभात सिटौला ३.८१ र व्यवस्थापन तर्फबाट प्रकाश गिरीले ३.६७ जिपीए ल्याउन सफल भएका हुन् ।
जसमा ए प्लस १०, ए १४ जनाले ल्याएका छन् । न्युट्न्सले २०६६ सालबाट प्लस टु अध्यापन गराउंदै आएको छ । साइन्स र म्यानेजमेन्ट बिषय अध्ययन हुने विद्यालयमा यस पटक १ सय १५ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन् ।