सुरुङ्गा ।

पहिचानको मुद्दालाई एकीकृत भएर उठाउने उदेश्यले तीन वटा पार्टी एकीकरण भएर बनेको नेपाल जनमुक्ति पार्टीले झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पहिचान तथा स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालिन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धिको बिषयमा आज (मंगलबार) पार्टीले अन्तरक्रिाय गरेको हो ।

लिम्बुवानसहितका पहिचानवादी पार्टीहरुले स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालिन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धि कार्यन्वयन नगरेको भन्दै साउन २२ गतेको दिनलाई कालोदिनको रुपमा लिदैं प्रत्येक बर्ष नेपाल बन्दको आव्हान गर्ने गरेका थिए । तर, यस बर्ष भने उक्त दिनको अवसर पारेर अन्र्तक्रिाय आयोजना गरिएको पार्टीका केन्द्रिय सचिव एलबी पालुङ्वाले जानकारी दिए ।

साउन २२ गतेलाई २०६६ सालदेखि कालोदिनको रुपमा लिदै प्रत्येक बर्ष लिम्बुवानजन्य पार्टीहरुले बन्द घोषणा गर्दै आएका थिए ।

राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बीच ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको गत साउन १६ गते बिर्तामोडमा घोषणा गरिएको थियो  ।

नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको ब्यवस्थापन जिल्ला समिति झापाको रहेको थियो । नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिका अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता सन्जुहाङ पालुङ्गाको प्रमुख आतिथ्य रहेके थियो ।

स्वागत पार्टीका केन्द्रिय उपाध्यक्ष भक्त खेवाङले गरेको कार्यक्रममा उपमहासचिव बिष्णु थाम्देनलले प्रस्तुत गरेको पार्टीको कार्यपत्र तथा अवधारणका बिषयमा बुद्धिजिवी देशु बनेमले टिप्पणी गरेका थिए । पार्टीको अवधारणाको बिषयमा टिप्पणी गर्दै बनेमले २०६४ चैत ६ गते सातै दलका नेतृत्वसँग बसेर भएको सहमति अझै कार्यन्वयन नहुनु दुःखको कुरा भएको बताए । बि.सं. १८३१ कै अवस्थामा सन्धी गर्न नसकिएपनि अहिलेको परिवेश अनुसार सन्धी पालना हुनु पर्ने उनको जोड थियो ।

उनले सवै राजनीतिक दलले १८३१ को सन्धीलाई स्वीकार गरेपनि कार्यन्वयन नगरेको तर्क गरे । ‘राज्यमा स्वायत्तताको बहस चलिरेको छ’ नेता बनेमले भने ‘राजनीतिक दलहरुले पनि लिम्बुहरुलाई मान्यता दिएरै भातृ संगठनहरु गठन गरेका छन् ।’ तर, ४÷५ वटा सांसद दिने बहानामा अल्मलाएको जिकिर गर्दै संबिधान बनाउदा पनि धोका दिएको तर्कसहित उनले टिप्पणी गरे ।

राजाले गरेको सन्धी किन मान्ने भन्नु भन्दा पनि राजा पनि राज्य नै भएकाले उक्त सन्धी अहिलेको परिवेश अनुसार राज्यले मान्नु पर्ने बनेमले टिप्पणी गरेका छन् ।

प्रमुख अतिथिको सम्बोधन गर्दै पार्टीका नेता सञ्जुहाङ पालुङ्वाले १८१४ मा लिम्बुको राजपाट कसैले खोस्ने छैन र १८३१ मा तिमीहरु सवै राज्यकै भएको लालमोहोर भएको बताए । उनले १८३१ अघिको लालमोहोरले मात्र साउन २२ लाई कालोदिन भन्न सकिने बताउदै सवै पहिचानवादी एक भएर निरन्तररुपमा अधिकारी खोजी गर्नु पर्ने बताए ।

टिपोटकर्ता केन्द्रिय सचिव एलबी पालुङ्वा रहेका अन्तरक्रिया कार्यक्रममा बुद्धिजिवी टेकबहादुर खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानबहादुर इम्वाङ, केन्द्रिय सचिवालय सदस्य लाहानसिंह तुम्वापो, प्रदेश नं. १ पुनःनामाङ्करण सर्घष

समितिका अध्यक्ष डकेन्द्र थेगिम, महासचिव रामभक्त कुरुम्वाङ, पहिचानवादी मोर्चाका केन्द्रिय सदस्य केदार धिमाल, नागरिक मुक्ति पार्टीका सह–महासचिव दिलकुमार लावतीलगायते आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल जनमुक्ति मोर्चाका कोशी प्रदेश सचिव कृष्ण थेवेले गरेका थिए ।