सन्तोष न्यौपाने÷झापा 

नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको जनाएको छ । कोशी प्रदेशमै पहिलो पटक कृषिको क्षेत्रमा कृषि एक्स्पो गर्न लागिएको 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको हो ।   आज झापाको बिर्तामोड स्थित विर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा कृषि एक्स्पोलाई लक्षित गरि आयोजना गरिएको कृषिका बस्तुगत संघका पदाधिकारी तथा सदस्य सहित सरोकारवाला निकायसंगको छलफलमा कृषि उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि एक्स्पो २०८१ को बारेमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिएका हुन् । 

कृषिमा सम्भावना बोकेको कोशी प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजार समक्ष कसरी पु¥याउने भन्ने विषयमा नेपाल र भारतका कृषि विज्ञसँग छलफल चलाउने गरी कृषि एक्स्पोको आयोजना गर्न लागेको अध्यक्ष राउतले बताए ।

कृषिमा भित्रिएको नयाँ प्रविधिको बारेमा जानकारी गराउन र उत्पादन बढाउन बढि भन्दा बढि किसानलाई कृषि एक्स्पोमा सहभागि गराउने लक्ष्य लिइएको अध्यक्ष राउतले बताए ।

कोशी प्रदेशको पहाडी जिल्लाका किसानलाई ल्याएर कृषि एक्स्पोको अवलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष राउतको भनाई छ । 

कोशी प्रदेश सरकारसँग सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङ जिल्लाको कटहरी गाउँपालिका स्थित कृषि थोक बजार केन्द्रमा आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि एक्स्पोको आयोजना गर्न लागेको जनाएको छ । पहिलो पटक गर्न लागिएको कृषि एक्स्पोले किसान सहित सम्बन्धीत निकायलाई फाइदा पुग्ने आशा सरोकारवाला निकायले लिएका छन् । 

एकरात बास बस्ने गरी पहाडी जिल्लाका किसानलाई कृषि एक्स्पोमा ल्याउने र अवलोक गराएर फर्काउने कार्यक्रमको लागि लाग्ने खर्च नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले बेहोर्ने छ ।

कार्यक्रममा अध्यक्ष राउतसंगै उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कोषाध्यक्ष सुवास आर्चाय, प्रदेश सदस्य भविस श्रेष्ठ, बिनोद बस्नेतले सहभागिका जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रममा महासंघको केन्द्रिय सदस्य नरेन्द्र खड्का, अलैंची व्यवसायी महासंघको अध्यक्ष निर्मल भट्टराई, महासचिव नारायण चिमरिया, नेपाल चिया उत्पादक संघको अध्यक्ष आदित्य पराजुली, उद्यमी गोमा भट्टराई, बिर्तामोड कृषि शाखा प्रमुख राजेन्द्र कडरीया, व्यवसायी मिनप्रकाश मैनाली, राजेन्द्र थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए । 

२०८१ भर्दौ २७, २८, २९ र ३० गते गरी ४ दिनसम्म सञ्चालन हुने कृषि एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघले तयारी सुरु गरिसकेको जनाएको छ ।

महासंघ कोशी प्रदेश अध्यक्ष राउतको प्रमुख आतिथ्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन संघको महासचिव कुशल खतिवडाले गरेका थिए ।