झापा : झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’ अन्तरगत एक हजार सात सय ४२ घर निर्माण भएका छन् ।
स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा यहाँका आठ वटा स्थानीय तहमा एक हजार सात सय ४२ घर निर्माण भएको सहारा नेपालका सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालले जानकारी दिए ।
वि।सं। २०७४ सालमा आएको बाढीबाट विस्थापितका लागि निर्माण गरिएका सात सय २५ वटा अस्थायी आवाससहित झापा र मोरङमा गरी दुई हजार नौ सय ९८ वटा घर निर्माण भएका छन् ।
त्रिपक्षीय साझेदारीमा निर्माण हुने सुरक्षित आवासका लागि निम्न आय भएका र आफ्नो घर बनाउन नसक्ने घरपरिवारका लागि सुरक्षित आवास प्रदान गरिने संयोजक भेटवालले बताए ।
“सम्बन्धित स्थानीय तहको वडाले त्यस्ता लाभग्राहीको नाम छनोट गर्दछन्”, उनले भने, “वडाको सिफारिसको आधारमा ह्याविट्याट, सहारा नेपाल र स्थानीय तहको संयुक्त टोलीले अनुगमन गरेर मात्र घर पाउने मान्छे छनोट हुन्छ ।”
जग्गा भएकाहरुको हकमा उनीहरुकै जग्गामा घर निर्माण हुन्छ भने जग्गा नभएकाको हकमा स्थानीय तहले जग्गा यकिन गरेर निस्सा उपलब्ध गराएपछि घर निर्माण शुरु हुन्छ ।
झापा र मोरङ जिल्लामा निर्माण भएका घरहरुको डिजाइन र ढाँचा अनुसार प्रतिघर लागत मूल्य रू एक लाख ८५ हजारदेखि रू छ लाख २३ हजारसम्म ९जन श्रमदान बाहेक० रहेको सहारा नेपालका राजु गिरीले जानकारी दिए ।
झापा जिल्लामा निर्माण भएका घरहरु १६ फिट लम्बाइ र २० फिट चौडाइको रहेको छ भने जसमा बरण्डासहित दुई वटा कोठा र एउटा भन्साकोठा रहेको छ । सबै घरमा शौचालय अनिवार्य गरिएको छ ।
मोरङ जिल्लामा निर्माण भएका घरहरु १७।६७ फिट लम्बाइ र २२ फिट चौडाइको रहेको छ । बरण्डासहित दुई कोठा र एउटा भान्सा रहेको छ भने शौचालयसँगै नुहाउने कक्ष बाथरुम समेत रहेको छ ।
फिलिपिन्सको बेसवाहे नामक संस्थाले तयार पारेको मोडल अनुसारको स्थानीय स्तरमा प्राप्त हुने कच्चा पदार्थको अधिकत् उपयोग गरेर निर्माण गरिने ती घरहरुमा उपचार गरिएको बाँसको प्रयोग गरिने भएकाले घरको आयु कम्तीमा ३० वर्ष हुने जनाइएको छ ।
झापा गाउँपालिका सबैभन्दा बढी आठ सय ५० वटा घर निर्माण भएका छन् । गत आव २०८०÷०८१ मा एक २० वटा घर निर्माण भएको सहारा नेपालले जनाएको छ । गाउँपालिकाको सहकार्यमा निर्मित घरमा हस्तान्तरण नभए पनि लाभग्राहीहरुले बसोबास शुरु गरिसकेका छन् ।
त्यस्तै, हल्दिबारी गाँउपालिका ३२ वटा, बिर्तामोड नगरपालिका पाँच सय १४, अर्जुनधारा नगरपालिका ५४ वटा, गौरीगञ्ज गाउँपालिका ८६ घर, भद्रपुर नगरपालिका १५ वटा, बाह्रदशी गाँउपालिका ३३ वटा र कनकाई नगरपालिका एक सय ५८ घर निर्माण भएको छ ।
यस्तै, मोरङको बेलबारी नगरपालिका एक सय एक वटा, धनपालथान गाउँपालिकामा ३९ वटा, कानेपोखरी गाउँपालिका ५५ वटा घर निर्माण भएका छन् भने २८ वटा घर निर्माणाधीन अवस्थामा रहेको छ ।
यस्तै, गत वर्ष आगलागीबाट घर जलेर नष्ट भएका मोरङ रंगेली नगरपालिका–३ का अग्निपीडितका लागि २२ घर निर्माणाधीन अवस्थामा रहेको छ भने विराटनगर महानगरपालिका ९७ वटा घर निर्माण सम्पन्न भएको छ भने ८० वटा घर निर्माणाधीन अवस्थामा रहेको छ ।
निर्माणाधीन अवस्थामा रहेका अधिकांश घर चाँडै सम्पन्न गरेर लाभग्राहीलाई प्रदान गरिने सहारा नेपालले जनाएको छ ।