झापा : झापाका दुई वटा वनले राष्ट्रिय पुरस्कार पाएका छन् । सामुदायिक वनतर्फ दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–१ तृतीय र निजीतर्फ अमररुद्र वन वाटिका अर्जुनधारा–४ द्वितीय भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन ।  वन तथा भू–संरक्षण विभागले सामुदायिक वन दिवस २०८१ को अवसरमा ती दुई वनलाई जनही ५०÷५० हजार रुपैयाँसहित राष्ट्रिय पुस्कार प्रदान गरेको उनको भनाई छ । 

त्यस्तै, जिल्लास्तरीय पुरस्कारबाट झापाका सामुदायिक वन समूहतर्फ हरियाली सामुदायिक वन उपभोक्ता समूह बिर्तामोड–६ प्रथम, प्रजापति सामुदायिक वन उपभोक्ता समूह, कनकाई–१ द्वितीय र पूर्वदेउराली सामुदायिक वन उपभोक्ता समूह कचनकवल–१ तृतीय भई पुरस्कृत भएको जनाइएको छ ।

यस्तै, नीजि वनतर्फ पवित्रादेवि लामिछाने गौरीगञ्ज–१, मेघराज बिमली बाह्रदशी–५, रतनलाल अग्रवाल झापा–१ पुरस्कृत भएका छन् ।

यस्तै, कर्मचारी तर्फ डिल्लीराम खरेल, कुवेर न्यौपाने, प्रतबहादुर तामाङ, निर्मल प्रधान, कृष्णप्रसाद निरौला, हरि राई, अनिश बुढाथोकी, कुमार खड्का, भीष्म सापकोटा र नरबहादुर सुनुवार पुरस्कृत भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

झापामा १५ हजार आठ सय ३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन एक ९सय १३ दशमलव ६ हेक्टर०, चार सय ३७ वटा निजी वन ९चार सय १२ दशमलव ०८ हेक्टर०, रतुवामाइ वृक्षरोपण आयोजना ९दुई हजार आठ सय ५३०, एग्रो फरेष्ट्री प्रमोसन ९९८ दशमलव ६० र स्काउट वन ९१५ हेक्टर० रहेको कार्यालयले जनाएको छ ।