मेचीनगर । काँकरभिट्टा क्षेत्रबाट लाइटर तस्करी हुँदै आएको खुल्न आएको छ । केही समय देखि हुँदै आएको लाइटर तस्करी बिचमा रोकिएको थियो । तर पुःन लाइटर तस्करी हुन सुचारू भएको खुल्न आएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिङकीठ्याकबाट नेपालदेखि भारततर्फ अबैध रुपमा भन्सार छलेर लाँदै गरेको करिब रू एक लाख ९० हजार बराबरको १९ कार्टुन लाइटर नियन्त्रणमा लिएसंगै लाइटर तस्करी हुँदै आएको खुल्न आएको हो ।
त्यस्तै प्रहरीले मेचीनगर नगरपालिकाबाट रू तीन लाख ४१ हजार नौ सय ८० बराबरको अवैध सामान बरामद गरेको छ ।
आइतबार राति मेचीनगर–६ भन्सार गेट अगाडीबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू एक लाख ५१ हजार नौ सय ८०्र– बराबरको किराना सामान र कपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।