मेचीनगर : र्यापिड रेस्पोन्स टिमको आयोजनामा बाहुण्डाँगीमा विश्व हात्ती दिवस २०८१ विविध कार्यक्रम गरि मनाइएको छ ।  आज मेचीनगर–४ बाहुण्डाँगीमा हात्ती दिवसको अवसरमा बिभिन्न मनोरन्जानात्मक प्रतियोगिता गरिएको हो । 

अन्तराष्ट्रिय आमा मैत्री फुटवल प्रतियोगिता, अन्तर सिमा लठारो तान्ने प्रतियोगिता, लोकल कुखुरा प्रर्दशनी, म्यजिकल चियर प्रतियोगिता र छेलो हान्ने प्रतियोयिता आयोजना गरिएको थियो । 

र्यापिड रेस्पोन्स टिमका अध्यक्ष न्युटन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । 

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्वागत गरेको कार्यक्रममा पर्यटन वन तथा वातावरण मन्त्रालय कोशीका सचिव विशाल घिमिरे, मेचीनगर भारत पश्चिम वंगाल सरकार पर्यटन सल्लाहकार राज बसु, नक्सलबाडी गाउँ पञ्चायतकी उपसभापति सजनी सुब्बा, मेचीनगर नगर उपप्रमुख मीनाकुमारी उप्रेती, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, पत्रकार चन्द्र भण्डारीलगायतले मानव–हात्ती सहअस्तित्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।


कार्यक्रमको सञ्चालन बाहुण्डागी जेसीजका अध्यक्ष देवु बाँनियाले गरेका थिए । सोही कार्यक्रमबाबिच हात्ती पिडीत गुम्मामाया राईलाई उज्यालो नेपालले उपलब्ध गराएको बिमाबापतको २२ हजार रुपैयाँको चेकसमेत प्रदान गरिएको थियो ।