बिर्तामोड । 

झापा बिर्तामोड हनुमान कम्प्लेक्सको चौंथो तलामा रहेको आइएमई लाईफ इन्स्योरेन्सबाट ठगिएको एक बिमितले बताएका छन् । बिर्तामोड–१० का पदमबहादुर चौहनले 

आइएमई लाईफ इन्स्योरेन्सले ठगेको गुनासो गरेका हुन् । उनले चार बर्ष अघि एनएमसी सहकारी संस्था  बिर्तामोडमा ३० लाख रुपैयाँको  ऋण  निकाल्न संस्थाका तत्कालीन शाखा  प्रबन्धक सम्भु राई मार्फत  २० बर्षे जीवन बिमा गरेका थिए । 

उनले बिमाबापत करिव ४ बर्ष लगातार किस्ता बापतको बिमा रकम तिरेपछी आर्थिक कठिनाइका कारण बिमा रकम तिर्न नसक्ने बताउंदै बन्द गर्न माग गरेका थिए । त्यस पश्चात उनले आफुले जम्मा गरेको  बिमा बराबरको रकम फिर्ता मागेका थिए । रकम फिर्ता माग्दा आफु ठगिएको चौहानको भनाई छ ।

उनले हाल सम्म  तीन लाख ३१ हजार रुपेंया जम्मा गरेका छन् । तर उनलाई कम्पनीले एक लाख ६१ हजार ४६२ रुपैयाँ मात्र फिर्ता गर्यो । अर्थात उनले जम्मा गरेको रकम भन्दा एक लाख ६९ हजार कम रकम खातामा हाल्यो । तइस प्रति उनी सहित करिब २०÷२५ जनाको युवा समुहले  आइएमई लाईफ इन्स्योरेन्सको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए । 

पीडित  पदमबहादुरसहित सहित करिब २०÷२५ जनाको समुहले इन्स्योरेन्स कम्पनीमा बिरोध  गरेका थिए । 

बिरोधपछि आइएमई बिर्तामोड शाखा र पिडीत बिच छलफल भएको थियो । छलफलमा इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख मिलन दाहाल र बिर्तामोड शाखा प्रबन्धक महेन्द्र तिम्सिनाले रकम फिर्ता बारे कम्पनीको प्रधान कार्यालयमा प्रस्ताव राख्ने, जतिसक्दो कम सेवा शुल्क लिएर फिर्ता गर्न पहल गर्ने आश्वाशन दिएका छन् । कम्पनीले चैं जोखिम दाबी बापत चौहानको सो रकम काटिएको दाबी गरेको छ ।