बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा ‘स्लाइस अफ स्पाइस’ क्याफे सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी रजत साहेवाला र विशाल अग्रवालले संयुक्त लगानीमा उक्त क्याफे सञ्चालनमा आएको हो ।
एक कार्यक्रमका बीच प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले ‘स्लाइस अफ स्पाइस’ क्याफे उद्घाटन गरेका हुन् ।
क्याफेको उद्घाटन गर्दै युवाहरु व्यवसायप्रति आकर्षित हुनु राम्रो पक्ष भएको उनले बताए । “अहिले धेरै युवा कुलतमा फसेका छन्”, उनले भने, “युवाहरु व्यावसायिक क्षेत्रमा लाग्दा आर्थिक आर्जनसँगै सही बाटोमा लाग्नसमेत सहयोग मिल्छ ।” व्यवसायीको हकहितका लागि आफू सदैव लागि पर्ने उनको भनाइ छ ।
सञ्चालक साहेवालाले सहुलियत मूल्यमा स्तरीय साहकारी खाजाका परिकार क्याफेमा उपलब्ध हुने बताए । “युवालाई व्यावसायिक क्षेत्रमा जोड्न आवश्यक छ”, उनले भने, “क्याफेमा लगानीकर्ता र कर्मचारी सबै युवा नै छौं ।” व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।
क्याफेमा चाइनिज र कन्टिनेन्टल खाजाका परिकार पाइने अर्का सञ्चालक अग्रवालले बताए । शुद्ध साहाकारी खाजा र मदिरारहित पेय पदार्थ क्याफेको विशेषता रहेको उनको भनाइ छ । क्याफेमा १० जनाले रोजगारीसमेत पाएका छन् ।
उद्घाटन कार्यक्रममा मनोहर मित्तल, सोमभगत साहेवाला, नरसिंह साहेवाला, मनिस साहेवाला, राजेन्द्र अग्रवाल, ढुण्डीराज भट्टराई, शुभ कुमाइ पाठक लगायत साहेवाला तथा मित्तल परिवारका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।