झापा
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ वडाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।
रगतको अभाव भई बिरामीको उपचारमा समस्या नहोस भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
आज अर्जुनधारा स्थित सालबारीमा नेपाल रेडक्र्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग तथा युवा संघको आयोजनामा भएको रक्तदान कार्यक्रम नेकपा एमालेका केन्द्रिय सल्लाहकार तथा कोशी प्रदेश सभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पाठक, बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य तथा संगठन बिभाग प्रमुख रोजिना पाण्डे, युवा संघ झापा अध्यक्ष फुर्वा लामा, नेकपा एमाले झापा जिल्ला कमिटि सदस्य मुना बांस्कोटा, नेकपा एमाले अर्जुनधारा नगर कमिटि अध्यक्ष बिर्ख प्रधान लगायतले शुभकामना मनतब्य राखेका थिए ।
युवा संघ अर्जुनधारा वडा नम्बर ९ का अध्यक्ष बिपुल राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव सलिसा श्रेष्ठले गरेकी थिइन ।