बिर्तामोड : नेपाल उद्यमशिल महिला संघ झापाको आयोजना र सप्तकोशी बैंकको आर्थिक सहयोगमा बिर्तामोडमा डिजिटल मार्केटिङ सम्बन्धी एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
कार्यक्रममा अधिकाशं वक्ताहरुले उत्पादित सामग्रीको प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ अपरिहार्य भएको बताए । कार्यक्रमका प्रमुख अतिथि सप्तकोशी बैंकका प्रमुख दिनेश पोखरेलले उत्पादित बस्तुको डिजिटल माध्यमबाट मार्केटिङ गर्न सकेमात्रै व्यापार व्यवसाय प्रवद्र्धन गर्न सकिने सम्भावना प्रबल हुने धारणा राखे ।
डिजिटल बैंकिङ प्रणाली सम्बन्धी ज्ञानको अभावमा बैंकमा राखेको रकम हराउनेसम्मको जोखिम देखिएको बताउँदै हरेक व्यक्तिलाई डिजिटल बैंकिङ सम्बन्धी ज्ञान जरुरी रहेको उनले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले घर धन्दा र चुलो चौकामा सिमित महिलाहरुले बाहिर निस्किएर उद्यममा लाग्नु नै समाजका लागि ठूलो उपलब्धी भएको बताउँदै व्यवसाय प्रवद्र्धनमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले डिजिटल माध्यमका कारण अन्य मुलुकमा बजारमा सटर र मार्केट देखिन छोडिसकेको बताउँदै प्रत्येक व्यवसायी÷उद्यमीले प्रविधि नजानी सुखै नभएको बताए ।
सो अवसरमा नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
डिजिटल मार्केटिङ सम्बन्धी विमल राजवंशीले सहजीकरण गरेको कार्यक्रममा डिजिटल बैकिङ सम्बन्धी सप्तकोशी बैंकका आइटी प्रमुख उपेन्द्र विष्टले सहजीकरण गरेका थिए ।
नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव यशोदा प्रसाई भट्टराईले गरेकी थिइन ।
अध्यक्ष खरेलले कार्यक्रमको औचित्माथि प्रकाश पारेकी थिइन भने स्वागत उपाध्यक्ष ऐश्वर्या पाण्डेले गरेकी थिइन् । कार्यक्रममा छठ महिला मञ्चकी अध्यक्ष निशा शाह गुप्ता लगायतको उपस्थिति रहेको थियो ।