झापाको विर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक वर्षमा सामाजिक कर्मकोलागि पौने २ करोड बढी खर्चिएको छ ।

संस्थाले सदस्य र समुदयकालागि विभिन्न १४ वटा शीर्षकमा १ करोड ६८  लाख ६६ हजार ६८७ रुपैंयाँ खर्च गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

compile-photo

संस्थाले नगरभित्रका टोल विकास संस्थाको बोर्ड निमार्णमा ३० हजार, शैक्षिक सामाग्री वितरण ८ लाख ८७ हजार ९ सय ७२, स्वास्थ्य शिविर ३ लाख

८० हजार ३ सय २६, जेष्ठ नागरिक सम्मान कार्यक्रमकालागि २ लाख ९९ हजार १ सय ७३, नेत्रहिन अपाङ्गता सहयोग १० हजार, पुलिसबिट मौली पुजाकालागि १३ हजार,सार्वजनिक पुराण ३५ हजार १ सय ५१, सरसफाई बृक्षारोपण १०

हजार, खेलकुद ३ लाख ८ हजार, स्थानीय निकाय तथा मठमन्दिर सहयोग २८ हजार ७ सय ५५ , कर्जा मिनाह ३७ लाख २ हजार २


सय ८४, सदस्य तथा सदस्य परिवारको प्राणघातक रोग उपचार्थ १७ लाख २७ हजार ५ सय ८०,  सदस्य तथा सदस्य परिवारको अप्रेशन उपचार्थ ९१ लख २२ हजार ४ सय ४६ , मानोचामल तथा


समवेदनामा १ लाख ९५ हजार रुपैंया गरी कुल झण्डै पौने २ करोड खर्च गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराई बताउंछन् ।


संस्थाले गत आर्थिक बर्षमा माथि उल्लेखित शिर्षकमा सो रकम खर्च गरेको हो ।


सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले बिभिन्न क्षेत्रमा रकम खर्चिएको संस्थाका कार्यकारी प्रमुख बस्नेत बताउंछन् ।


संस्थाको आर्थिक वर्ष २०८० ÷ ०८१ को साउन  मसान्तको वित्तीय बिवरण अनुसार शेयर पूँजी ३३ करोड ३३ लाख ९ हजार ६०० रुपैयाँ तथा निक्षेप रकम १ अर्ब ७५ करोड ५१ लाख ४१ हजार २९६ रुपैंयाँ रहेको छ ।


झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको संस्थामा ६४ हजार ८३४ जना शेयर सदस्य रहेका छन् भने १५ हजार ३६३ जना ऋणीले  संस्थाबाट ऋण लगेका छन् ।


त्यसैगरी संस्थाको जगेडा कोषमा ६ करोड ४२ लाख ९४ हजार ५०५ रुपैयाँ पुर्याएको छ भने विभिन्न कोषमा थप १५ करोड १९ लाख ९७ हजार ६६८  रुपैंयाँ रहेको जनाइएको छ ।


त्यस्तै संस्थाले २ अर्ब ६५ करोड २४ लाख २७ हजार ७५१ रुपैंया लगानी गरेको छ भने  बासलात ३ अर्ब ८ करोड ८८ लाख १२ हजार ८९५ , कुल संस्थागत पुँजी ७ करोड ५ लाख ८४ हजार ९०९  रहेको संस्थाले प्रकाशित गरेको बित्तिय विवरणमा उल्लेख छ ।