झापा 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) झापाले कक्षा ११ को परीक्षामा झापा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ ।


बिर्तामोडमा शनिबार  एक कार्यक्रमको आयोजना गर्दै हिसान झापाले मानविकी, व्यवस्थापन र विज्ञान , कानुन, होटल मेनेजमेन्ट, शिक्षा, संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत तथा सम्मान गरेको हो । 

उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको हिसान झापाका सचिव देवेन्द्र हुमागाईले जानकारी दिए । 

उनका अनुसार उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको छ ।  राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा 

कक्षा ११ को विज्ञान संकायको परीक्षामा जिल्ला प्रथम ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल, दोस्रो निदि सेकेन्डरी स्कुलका विजय पाण्डे, बिजनेस स्टडीतर्फ एकता एकेडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्युटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो र बिर्ता मोडलकी निर्जला राई तेस्रोलाई सम्मान गरिएको थियो । 


तेस्रो भएका अरु तीनजना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । निदि स्कुलका अमित कट्टेल, ग्लोबलकी निर्जला निरौला र एमिटीका जेनिस भण्डारी तृतीय भएका हुन् । त्यस्तै अन्यलाई पनि पुरस्कृत गरेको  छ । 

प्रथम दितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको हिसान कोषाध्यक्ष रन्जित शाहले जानकारी दिए । 

 प्रथम हुनेलाई अध्ययनमा सत प्रतिशत, दितीय हुनेलाई ७५ प्रतिशत र तीतृय हुनेलाई ५० प्रतिशत छात्रवृति प्रदान गरिएको थियो ।

हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीको  अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खेम भण्डारीले  स्वागत गरेका थिए ।  

कार्यक्रममा विर्तमोड– ४ का वडा अध्यक्ष राहुल शर्मा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले शुभकामना मनतब्य राखेका थिए । 

हिसान झापा अध्यक्ष भण्डारीले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव देबेन्द्र हुमागांईले गरेका थिए ।