सामाजिक ब्यक्तित्व भूपाल  बस्नेतले जन्मदिनको अबसरमा दुई जना बिद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । 

सोमबार पर्न गएको जन्मदिनको अवसरमा बस्नेतले विद्यार्थीलाई सहयोग गरेका हुन् । 

बस्नेत झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको सचिव तथा गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्ष हुन् । 

उनले सामाजिक उतरदायित्व वहन गर्दै जन्मोत्सवमा गरिने फजुल खर्च कटाएर पढाई खर्चवापत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए ।  

कर्णाली साकोस बुधवारे सेवा केन्द्रमा कलेक्टरका रुपमा कार्यरत एकल महिला तुलसादेबी काफ्ले पोखरेलका छोरा ८ बर्षिय बिप्शन र छोरी १२ बर्षिया बितुशालाई बस्नेतले सहयोग रकम एक संक्षिप्त कार्क्रमकाबिच बुधबारे सेवाकेन्द्रमा सहयोग गरेका हुन् । 

बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ स्थित गोपालडाँडामा रहेको श्री सरस्वती बेसिक स्कुलमा  उनीहरू अध्ययनरत  छन् । 

कर्णाली साकोसमा कर्मचारीका रुपमा कार्यरत तुलसाका श्रीमान झपेन्द्र पोखरेलको कोरोना भाइरसका कारण २०७८ भदौं ३ गते मृत्यु भएको थियो ।

श्रीमानको मृत्युपछि तुलसाले माइती घर बुद्धशान्ति–२ मा बसेर दुःख गरेर छोराछोरीको पालनपोषण र अध्ययन खर्च जुटाउँदै आएकी छिन् । 

श्रीमानको मृत्युपछि एकल बनेकी तथा आर्थिक अवस्था एकदमै नाजुक भएकी तुलसाका छोराछोरीलाई राहत हुन्छ भन्ने उदेश्यले जन्मदिनको अवसर पारेर थोरै भएपनि पढाई खर्च प्रदान गरेको बस्नेतले बताए ।

सवैले जन्मदिनमा गरिने फजुल खर्च कटाएर दुःखी तथा गरिवलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

तुलसाले बस्नेतललाई जन्मदिनको शुभकामना दिदै छोराछोरीको पढाई खर्च उपलब्ध गराएको भन्दै धन्यवाद ज्ञापन गरिन् । 

कार्यक्रममा संस्थाकी सञ्चालक समिति सदस्य देबीमाया तामाङ, बुधवारे सेवा केन्द्र ब्यवस्थापन उपसमितिका संयोजक दुर्गा पाठक, कर्मचारीलगायतको उपस्थितिमा  बस्नेतको जन्मदिन सामुहिक रूपमा मनाईएको थियो ।