बिर्तामोड एजुकेशन फाउण्डेशनले २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहि शैक्षिक क्षेत्रमा काम गर्दै आएको बिर्तामोड एजुकेशन फाउण्डेशनले वीरता जेसीजसँग सहकार्य गर्दै २० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न लागेको हो । 

 सामाजिक उत्तरदायित्व अन्तर्गत जेसीजसँग सहकार्य गर्दै  यो बर्ष पनि निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको  बिर्तामोड एजुकेशनका अध्यक्ष राज कार्कीले जानकारी दिए ।

वीरता जेसिज र फाउन्डेसनबीच आज एक संक्षिप्त कार्यक्रमकाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  जेसिज सन् २०२४ का अध्यक्ष विकास बस्नेत र फाउन्डेसनका अध्यक्ष राज कार्कीबीच सम्झौपत्रमा हस्ताक्षर भएको हो ।

फाउण्डेशनले सन २०१८ देखि लगातार जेसिजसंग सहकार्य गर्दै गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । 

विद्यार्थीहरुलाई सफ्वेटर तथा हार्डवेयरका विषयमा शिक्षा प्रदान गरिने जनाइएको छ । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको  प्रमुख आतिथ्य रहेको थियो ।

 कार्यक्रममा प्रमुख अतिथि भट्टराई, फाउन्डेसनका अध्यक्ष  कार्की, जेसिजका पूर्वअध्यक्ष तथा पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, जेसीजका पुर्व अध्यक्ष  घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

व्यक्तित्व विकासका लागि जेसीजले गरेको कामप्रति फाउण्डेशनले गरेको सहयोगलाई उनीहरुले अझ व्यापक बनाउनुपर्ने धारणा व्यक्त गरे । कम्प्युटर शिक्षा आजको अपरिहार्यता भएकाले यो तालिम फलदायी हुने विश्वास लिएका थिए ।

जेसिजका महासचिव सुमन पोद्दारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशील थापाले आस्था वाचन र जुनियर जेसिजका कानुनी सल्लाहकार निसिम थाम्सुहाङले मिसन भिजन वाचन गरेका थिए । स्वागत  तालिम कार्यक्रमका संयोजक एलसी श्रेष्ठले गरेका थिए ।