काँकडभिट्टा । 

भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका( २ स्थित भृकुटी चोक दक्षिण पिपल चोकबाट सो मुल्य बराबरको कपडा बरामद गरेको हो ।

भारतबाट विभिन्न ब्रान्डको लत्ताकपडा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले बताए ।

बरामद गरिएको सामानमा कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेस्ट २०० थान  कुर्ताको कपडा १६ थान ९३२० मिटर०, ब्लाउजको सादा कपडा २० थान ९४०० मिटर० र ब्लाउजको कपडा १८ थान ९२१६ मिटर० रहेको उनले बताए । बरामद गरिएको सामान  मेची भन्सार कार्यालय बुझाइएको छ ।