बिर्तामोड , 

अनारमनी पब्लिक क्याम्पसको अध्यक्षमा डा.लक्ष्मी मैनाली चयन भएका छन् ।  बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा रहेको क्याम्पसको १७ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले डा.लक्ष्मी मैनालीको नेतृत्वमा नौ सदस्यीय व्यवस्थापन समिति चयन गरेको हो ।

 समितिको उपाध्यक्षमा कृष्णप्रसाद बिमली र कोषाध्यक्षमा जानुका थापा मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा युवराज प्रसाई , विनोद गौतम , सुष्मा पौडेल, सोमनाथ तिम्सिना , पंकज राजवंशी र आशिष गिरी चयन भएका छन् ।

क्याम्पसको प्रमुख संरक्षकमा भने राजेश खड्का , हर्कलाल गिरी र भुपेन्द्रकुमार सिंह राजवंशीलाई राखिएको छ ।

क्याम्पस सभाबाट ९ जना चुनिएका हुन् । विधान अनुसार तीनजना पदेन सदस्य रहनेछन् । जसअनुसार सदस्य सचिवमा क्याम्पस प्रमुख मोहन शिवाकोटी तथा सदस्यहरुमा बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी र क्याम्पसका निवर्तमान अध्यक्ष राजकुमार पोखरेल रहेका छन् ।

e086ebd7-8f03-4a00-b0eb-718250d2de90-1024x461

निर्वाचित र पदेन गरी १२ सदस्यीय संचालक समिति बनेकोमा पछि तीनजना मनोनयन गरिने जनाइएको छ । हर्कलाल गिरीले उद्घाटन गरेको कार्यक्रममा स्वागत व्यवस्थापन समिति उपाध्यक्ष कृष्ण विमलीले गरेका थिए ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसको आर्थिक प्रतिवेदन क्याम्पस प्रमुख मोहन शिवाकोटीले प्रस्तुत गरेका थिए ।

यसैबीच हर्कलाल गिरी, राजेश खड्का, भूपेन्द्र सिंह राजवंशी, विद्यार्थीहरु शोभा ओली, राजन लिङ्देन, कविता पाण्डे, वर्ष राई र शिक्षक भरत भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा खड्ग खरेल, निरा प्रधान, उमानाथ ओली, मदन वुढाथोकी, शोभा ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शुष्मा पौडेलले गरेकी थिइन् ।