झापा,। झापाको मेचीनगरबाट आज तीन लाख बढीको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ टोकला बगान गेट हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको करिब २ लाख ७५ हजार ५०० बराबरको

२७० पिस पर्दा र मेचीनगर–१० धुलाबारी पेट्रोलपम्प स्थितमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैं गरेको करिब ४८ हजार बराबरको जुत्ता गरी ३ लाख २३ हजार ५०० बराबरको सामान

नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।