झापा 

विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्य लिएर झापाको अर्जुनधारा नगरपालिकाले दक्षिण कोरिया कम्पनीका प्रमुखको उपस्थितिमा सरोकारवालासंग प्रारम्भीक छलफल गरेको छ । 

बुधबार अर्जुनधारा नगरसँगको साझेदारीमा कम्पनी स्थापना गर्ने बिषयमा नगरले अन्तरक्रिया तथा छलफल गरेको हो । 

दक्षिण कोरियाले हाईव्रिड स्कुटर एसम्बल गर्ने कम्पनी,  कस्टमेटिक  सामाग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने र कृषिमल उद्योग सहितका अन्य उद्योग स्थापना गर्ने गरी तयारी अघि बढाइएको नगर प्रमुख बलदेव सिंह गोम्देनले जानकारी दिए । 

नगर प्रमुख बलदेवले कोरियन कम्पनी नगरमा स्थापना गर्ने गरी प्रक्रिया अघि बढेको बताउँदै त्यसका लागि कानुनी प्रक्रियाहरु मिलाउने काम भइरहेको जानकारी दिए । 

vlcsnap-2024-09-04-09h35m28s776

प्रतिनिधिसभाका  सभामुख देवराज घिमिरेको समन्वय तथा नगरप्रमुख बलदेवसिंह गोम्देनको अग्रसरतामा नगर क्षेत्र भित्र उद्योग स्थापना गर्ने तयारी गरिएको जनाइएको छ । जसकालागि जग्गा समेत हेरिएको जनाइएको छ । 

व्याट्री र पेट्रोलले संयुक्त रूपमा चल्ने हाईव्रिड स्कुटर एसम्बल गर्ने कम्पनी र कस्टमेटिक  सामाग्रीको उद्योग तथा कृषि मललगायत बहुउपयोगी उद्योग स्थापना गर्न कोरीयन कम्पनी अग्रसर भएको  सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुङ्गेलले जानकारी दिए । 

नगरमा कोरियन कम्पनीहरु स्थापना गर्न सके सस्तो मूल्यमा सवारी साधन पाउन सकिने तथा कम्पनीबाट उत्पादन हुने अन्य सामाग्री सहज र सरल पाइने  साथै रोजगारी र पर्यटन प्रवद्धनमा समेत सहयोग पुग्ने नगरले अपेक्षा लिएको छ ।  

छलफल कार्यक्रममा कोरियाका इभी गाडीका प्रोपाराइटर छाङ्ग हटन सिमले सवारी साधनका बिषयमा जानकारी दिएका थिए भने जुमी युनिर्भस कलेजका प्रोफेसर तथा केस्मेटीककी प्रोपाराइटर किमसन खयाङ्गले कस्मेटीक सामाग्रीका बारेमा प्रस्तुतीकरणसमेत गरेका थिए । त्यस्तै अर्का एग्रीकल्चरका लि च्याङ्ग जेको पनि सहभागीता रहेको थियो ।