विर्तामोड 

आदर्श स्कुल अफ मेनेजमेन्ट ,बिर्तामोड ३ ले  तीज शसक्तिकरण कार्यक्रम गरेको छ। 

पछिल्लो समय तिजका नाममा  चल्ने बिभिन्न  नाच गान का कार्यक्रम भन्दा महिला ससक्तिकरण लाई बढवा दिने उदेश्यले विद्यार्थी माझ सधै नयाँ र पृथक कार्यक्रम गर्ने आर्दशले यस पटक यस्तो कार्यक्रम गरेको हो ।

आदर्श स्कुल कि बिजया भन्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला आदर्श नौमती वाजा ,सुरुङा (३ ,ले नौमती बाजा बजाएर युबा विद्यार्थीलाई उधमी बन्ने प्रेरणा प्रदान गर्न हौसला दिएको थियो ।  

कार्यक्रम मा प्रमुख अतिथी मेरीयट होटल काठमाडौंकि  क्लस्टर शिक्षण  तथा बिकास निर्देशक अन्जना खडकाले महिलाले नयाँ परिवेशमा  धेरै उच्च अहोदामा  बसी काम गर्ने ,आफ्नो क्षमता को उदाहरणीय काम हरु गर्ने गरेको बताईन । 

 स्कुल शिक्षिका इन्दिरा खड्काले स्वागत  गरेको कार्यक्रम को सन्चालन आदर्श स्कुलका तालिम बिभाग प्रमुख दीपक दासले गरेका थिए। 

कार्यक्रम मा दुई सय  बढि महिलाको सहभागिता रहेको थियो