बिर्तामोड, भदौ २१ । झापाको बुट्टावारीमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय दिवाङकर राईको उपचारका क्रममा आज बिहान बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १० प ३५४४ नंम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्तिचोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक राई र पछाडी सवार मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षीय सुबोद बस्नेत घाइते भई दुवै जनालाई बीएण्डसी हस्पिटल लगिएको थियो । बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।