झापा,  

बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की‘पर्बत’ले सहयोग गरेका छन् । 

आज पर्न गएको आफ्नो जन्मोत्सववको अबसर पारेर कार्कीले एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका हुन् । 

रकम हस्तान्तरण गर्दै कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् ।

pic parbat 2

उनले अप्ठ्यारोमा परेका व्यवसायीलाई कोषको ब्याजबाट उपलब्ध गराइने राहतले सामाजित उत्तरदायित्वसमेत बहन हुने भएकाले अरु ब्यवसायीहरुलाई पनि कोषमा सहयोग गर्न आह्वान गरे ।

आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । 

यस अघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका थिए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ झापाका अध्यक्ष, लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका इन्चार्ज कार्कीलाई हालै बिर्तामोड उद्योग वाणिज्य संघले कार्यसमिति सदस्यमा मनोनयन गरेको थियो ।