लक्ष्मीपुर ।

झापा अर्जुनधारा–५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर एक सामाजिक संस्थालाई एक थान टेलिभिजन प्रदान गरेका छन् ।

अर्जुनधारा–५ पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रम’ लाई सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले ३२ इन्चको स्मार्ट टेलिभिजन प्रदान गरेका हुन् । 

गिरीले केहीदिन अगाबै बुवाको मुख हेर्ने दिनको अवसर पारेर प्रदान गरेको एउटा स्मार्ट टिभी आज ९शनिवार० एक समारोहकाबिच जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रमका अध्यक्ष मेघराज चौहानलाई हस्तान्तरण गरेका छन् ।

गिरीले ४ बर्षअघिदेखि आफ्नो, श्रीमती मिनादेबी, छोरा पंकज र छोरी प्रकृतिको जन्मोत्सव साथै आफ्नो बैवाहिक बर्ष गाठको अवसर पारेर अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हीलचेयर वितरण गर्दै आएका छन् । त्यस्तै आगामी असोजमा पनि छोराछारीको जन्मोत्सवको अवसर पारेर २ जना अपाङ्गता भएकालाई व्हीलचेयर बितरण गर्ने गिरीले बताएका छन् ।

जन्मदिन र बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च कटाएर सामाजिक कार्य गर्दा धेरै आनन्द हुने भएकाले सवैलाई त्यस्ता कार्यक्रमका गरिने खर्च घटाएर सामाजिक कार्य गर्न गिरीले आग्रहसमेत गरेका छन् ।

सोही कार्यक्रमकाबिच इच्छामाया भुजेलले भवनका लागि एउटा पंखा हस्तान्तरण गरेकी थिइन् । त्यसहा हुने भजन, किर्तनका लागि बाद्यबादक सामाग्री खरिदका लागि स्थानीयले सकेको आर्थिक सहयोगसमेत गरेका थिए । यस अघि मेघराज चौहान, तेजकुमार बुढाथोकी र पदमसिंह थापाले पनि एक÷एक वटा पंखा भवनलाई दिएका थिए ।