शनिश्चरे । 

नेकपा (एमाले) अर्जुनधारा नगरपालिका वडा कमिटि  ११ को सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

(शनिवार) वडा कमिटीका निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ ग्रहण तथा पदहस्तान्तरण भएको हो ।  गत भदौं १५ गते भएको वडाको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक सन्तकुमार राईले सपथ ग्रहण गराएका थिए ।  

अधिवेशनबाट अध्यक्षमा बीरबहादुर राई, उपाध्यक्षमा नन्दलाल खतिवडा, सचिवमा प्रेमप्रसाद रिमाल, उप–सचिवमा इन्दिरा पोखरेल र कृष्णप्रसाद ओली (किरण) सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए । वडा कमिटी ३१ सदस्यीय रहने पार्टी बिधान अनुसार अन्य सदस्य मनोनीत गरिने जनाइएको छ । 

कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य सुमन नेम्वाङ, जिल्ला सदस्य खगेन्द्र इङनाम, बिमला मैनाली, अर्जुनधारा नगर अध्यक्ष बीर्ख प्रधान, अध्यक्ष मण्डलका सदस्य भैरव खड्कालगायतको आतिथ्य रहेको थियो । 

सोही कार्यक्रमकाबिच ८० बर्ष पुगेका पार्टीका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनीहरुलाई पार्टीमा रहेर पार्टी गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ । त्यस्तै पार्टी प्रवेश कार्यक्रम पनि भएको थियो ।