दमक : झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक–५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु र केही मासुसहित विष्टलाई दमक प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आज सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि आठजनालाई बोलाएको थियो । मंगलबार राति दमक(२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर हत्या गरिएको थियो ।
गोठबाट अकलापुरी ग्रिन सिटी तथा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।