झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा एक महिने दशैं–तिहार महोत्सव तथा जुत्ता मेला आयोजना हुने भएको छ ।
‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगामी भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिईयो ।
सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा जुत्ता मेला आयोजना गरिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिए ।
उनले बडा दशैंलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
स्वदेशमा उत्पादित जुत्ता चप्पल आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समितिका संयोजक होमनाथ उपाध्ययले बताए ।
संयोजक उपाध्ययका अनुसार महोत्सवमा पाँच वटा कम्पनीका २५ स्टल रहने छन् । महोत्सवमा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी मोडलका जुत्ताहरु उपलब्ध हुने छन् ।
प्रत्येक जुत्ता खरीदमा न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहको जनाईएको छ ।