बिर्तामोड : मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समिति सर्वसम्मत गरेको छ।
नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह(सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह–कोषाध्यक्षमा महेश हमाल चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहेका छन् ।
ढुवानी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष माधव प्रसाद नेपालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको कार्यकाल ३ वर्षको रहने सचिव पदम श्रेष्ठले जानकारी दिए ।
सर्वसम्मत नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएर निर्वाचन समितिका अधिकृत रुद्र प्रसाद भुर्तेलले प्रमाणपत्र प्रदान गरेका छन् ।








































