झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम गरिरहेको छ । 

सिम्रिकले आइतबारबाट प्रथम इकाइगत सभा सुरु गरेको हो । त्यस्तै साकोसले सोमबार मोरङको पथरी शनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा सम्पन्न गरेको  संस्थाको आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए । 

WhatsApp Image 2024-09-09 at 18.57.32 (1)

इलाम स्थित सिटी हलमा आइतबार  प्रथम इकाइगत साधारणसभा इलाम नगरपालिका ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । 

उक्त इकाइगत साधारणसभामा इलाम र पाँचथर अन्तर्गतका ११ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ रुपैया बराबरको वासलात तथा आ.व. २०८१÷०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १३६ रुपैयाँ बराबरको अनुमानित बजेटसहित संचालक समितिद्वारा तयार पारिएको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । 

कार्यक्रममा संस्थाको नीति तथा भावि कार्यक्रमबारे कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए । 


WhatsApp Image 2024-09-09 at 18.57.31त्यस्तै सोमबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको दोस्रो इकाइगत साधारणसभामा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो । 

इकाइगत साधारणसभामा मोरङ्ग जिल्ला अन्तर्गतका ९ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । त्यहां पनि अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यकारी प्रमुख बस्नेतले संस्थाले गरेको प्रगती, नीति तथा भावी योजनाका बारेमा प्रस्ट पारेका थिए । 

WhatsApp Image 2024-09-09 at 18.57.31 (1)

सिम्रिक साकोसले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ५० वटा सेवा केन्द्रबाट सेवा सदंदै आएको छ । संस्थामा ६४ हजार ८ सय ३४ जना शेयर सदस्य रहेका छन् ।