बिर्तामोड : झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा आजबाट दशैं–तिहार महोत्सव तथा जुत्ता–चप्पल मेला शुरु भएको छ ।
मेलाको एक कार्यक्रमको बिच आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी छन् । कार्यक्रम उद्धघाटन पश्चात उनले स्वदेशी उत्पादनलाई सबैले प्रयोग गर्नुपर्नेमा जोड दिइन । साथै उनले नेपाली उत्पादनलाई सबैले माया गर्नु पर्ने धारणा राखिन ।
महोत्सव आगामी असोज २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । सिटी सेन्टर बिर्तामोडको आयोजना तथा नेपाली जुत्ता घरको सह–आयोजनामा शुरु भएको जुत्ता–चप्पल मेलामा ग्राहकलाई १५ देखि ५० प्रतिशतसम्म छुट दिइने आयोजकका प्रतिनिधि नानीराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा पाँच वटा कम्पनीका स्टल रहेका छन् । सबै कम्पनीका गरि करीब तीन हजा मोडलका जुत्ता–चप्पल पर्दशनीमा राखिएको जनाइएको छ । मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज कम्पनीद्वारा उत्पादित जुत्ता–चप्पल राखिएको छ ।
मेलामा एक लाख ग्राहकले अवलोकन गर्ने र करीब दुई करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकले लिएको छ ।